'तर ती मेरा हैनन्'

सदैव हाँस्य लेखक भैरव अर्यालको फ्यान् म, आज मध्यरातमा श्रीमतीसँग अनुमति माग्दै यो कविता लेख्न पुगेँ (कोरोनामा आधारित मेरो दोस्रो दुस्साहस) : 'तर ती मेरा हैनन्' कोरोनाको कहरमा परेका हामी सबैलाई कहिलेकाहीँ लाग्दो हो: कोरोनालेपनि भन्दो हो :

सदैव हाँस्य लेखक भैरव अर्यालको फ्यान् म, आज मध्यरातमा श्रीमतीसँग अनुमति माग्दै यो कविता लेख्न पुगेँ (कोरोनामा आधारित मेरो दोस्रो दुस्साहस) : 

'तर ती मेरा हैनन्'

कोरोनाको कहरमा परेका हामी सबैलाई कहिलेकाहीँ लाग्दो हो: 

धन छ, दौलत छ, अनि उड्ने र गुड्ने सवारी साधनहरु
परिवार छन्, आफन्त छन्, सुभचिन्तक तथा बन्धु-बान्धव
माया छ, प्रेम छ, "ए के छ, हाई हाउ अार यु?" भनेर सोध्नेहरु 
तर ती मेरा हैनन्…

मेरो त केवल आफ्नो भन्नू कोरोना मात्र रहेछ
जसले जुनैबेलापनि मलाई भेट्न तत्पर भईकन
हर गल्ली चारेर बस्दो रहेछ…

जसलाई मैले भेट्न र सम्पर्कमा आउन परेमा
कुनै आईसोलेसन या सामाजिक दुरीमा बस्न पर्दैन
जसको भयले एकान्तमा बसेपनि 
जीवनदेखि मृत्युसम्मको ज्ञान प्राप्ति हुन बेर छैन

कोरोनालेपनि भन्दो हो

आषधी छन्, भ्याक्सिन छन्, 
हातमा दल्ने तथा मिचेर धुने रसायन 
छन् बा, आमा, दिदी-भाई तथा दाजु-बहिनी
सन्तान अनि नातेदार तथा ईस्टमित्रहरु
मनुष्यको अधिनमा रहेका हरेक वस्तु
तथा आविस्कारहरु छन्, 
तर ती मेरा हैनन्…

मेरा केवल तीन दिन, एक हप्ता
गत महिना १४ दिनका प्रहरहरु हुन् 
जसका सिमारेखाभित्र लक्डाउन, सट् डाउन
'नोट ईट डाउन' जस्ता घटनाहरु भए
जसको अवधिभित्र रहेर 'स्वाब संकलन',
एकान्तबास क्वारेनटाईन पनि हुन्छन् 

आज मेरो डरले संसारभर सबैले मास्क लगाए 
भाईजर र प्लास्टिकको पहिरन पनि
तर ती मेरा हैनन्…