एकान्तमा

लुकि लुकि एकान्तमा कयौं चोटि हेरे मैले

हेरै फोटो रातभर नै, ओल्टो पोल्टो फेरे मैले!

 

सबै कुरा अटाउनु थियो, मन भित्र गुम्सिएका

चिट्ठी लेखी पठाउने, कति पाना केरे मैले !!

 

सम्झानामा झस्काउछौ, बिपनीमा सताउछौ

अगालोमा सिरानी यो, कयौं पटक बेरे मैले !!!

 

घरिघरि आइदिन्छौ, रहर बोकि मुटुभरी

घारिलो त्यो मुटु माथी, कठै माया सेरे मैले!!!!

 

नजोडिदै तोडिगयो, अनायासै हामो प्रीति

तिमि आयौ बडुल्किमा, यादहारु नै घेरे मैले !!!!!