म हरदिन हरक्षण-हरपल तिमिलाइ सम्झन्छु ।

म सम्झन्छु ती तिम्रा प्रत्येक प्रश्नहरु, अनि सम्झन्छु ती प्रश्न संगै जोडिएका तिम्रा पर्वाहका भावनाहरु ।

म तिमिलाई सम्झन्छु ।

अनि सम्झन्छु, तिमी संग बिताएका ती स्वर्णिम पलहरु ।

म सम्झन्छु तिम्रा गाजलु नयनहरु,

अनि सम्झन्छु ती नयनमा देखेका आफ्नै प्रतिबिम्बहरु ।

म सम्झन्छु ती तिम्रा गुलाबी ओठ,

 अनि सम्झन्छु ती ओठलाई स्पर्श गर्दै मेरो निम्ति निस्किएका प्रत्येक वाणीहरु ।

 म सम्झन्छु त्यो तिम्रो मधुर मुस्कान,

 अनि सम्झन्छु त्यही मुस्कानले चट्ट नदुखाइ चुडाएर लगेको मेरो दिल ।

 म सम्झन्छु ती तिम्रा प्रत्येक प्रश्नहरु,

 अनि सम्झन्छु ती प्रश्न संगै जोडिएका तिम्रा पर्वाहका भावनाहरु ।

 म सम्झन्छु गल्तीमा ती तिम्रा गालिहरु ,

 अनि झट्टै सम्झन्छु मेरो हर्सबडाइमा धेरै बेर लगातार बजेका तिम्रा तालिहरु ।

 म सम्झन्छु एक-अर्का संग रिसाएका ती क्षणहरु, 

 अनि सम्झन्छु केहि क्षण नबित्दै पालैपालो फकाएका ती पलहरु ।

 म सम्झन्छु तिमी संग बिताएका ती अनिदा रातहरु,

 अनि सम्झन्छु कुनै सुरुवात अनि अन्त्य नहुने ती लामा-लामा बातहरु ।

 म सम्झन्छु तिम्रा लागि लेखेका कविताका हरफहरु,

अनि सम्झन्छु मेरा प्रत्येक हरफहरुका प्रतिउत्तरमा माया समेत मिसिएर आएका प्रतिहरफहरु ।

म सम्झन्छु मलाई लागेका ती चोटहरु,

अनि सम्झन्छु बिना कुनै घाउ तिमिलाइ भएका असह्य पिडाहरु ।

म सम्झन्छु मैले जानी-नजानी गरेको गल्तिहरु,

अनि सम्झन्छु ती गल्तिलाई सामान्य मानेर तिमिले सहजै दिएका माफिहरु ।

म सम्झन्छु अन्तिम पल्ट तिमी रिसाएको त्यो दिन, 

अनि नचाहेर पनि सम्झन्छु तिमी रिसाएको जानीजानी पनि नफकाएको र आफ्नो घमण्डको बिजयमा सधैंका लागी तिमिलाई गुमाएको त्यो दिन ।

हो म हरदिन हरक्षण-हरपल तिमिलाइ सम्झन्छु ।

   - रामचन्द्र नेपाल (अर्जुनधारा झापा)