" उसले तन्त्र अनि तन्त्र लेरायो! "

सभ्यता सँगसगैँ विकशित हुँदै थियो,

देशसँगै राजनिति जन्मायो,

क्रुर शासनका सन्तानलाई अन्मायो,

उसले जनताका लागि प्रजातन्त्र लेरायो ।

 

आफ्नो मुल्य मान्यता चहकिलो बनाउँदै,

सांस्कृतिक रूपान्तरण र सामाजिक परिवर्तन,

जागरूक जनतालाई इतिहास र सभ्यता पढायो,

उसले सबैका लागि धार्मिक तन्त्र लेरायो ।

 

राज्यसत्ताको विकाश र निमार्ण,

बहुदलिय व्यवस्था, सांसदीय सर्वोच्चता,

पुँजीवाद र समाजवाद भित्र्यायो,

उसले आफ्नो लागि गणतन्त्र लेरायो ।

 

जनआन्दोलनमा निकै प्रयासहरू,

स्वतन्त्रता, समानता र भातृत्वका लागि,

नवीन चेतनासगैं राज्यक्रान्ति जगायो,

उसले देशको लागि सर्वतन्त्र लेरायो ।

 

नागरिक सहभागिता सर्वाङ्गीण,

भाषा, संस्कृति, कला र पहिचान,

सबैलाई चरित्रवान् र कर्मण नागरिक बनायो,

उसले समाजको लागि मातृतन्त्र लेरायो ।

 

सङ्घीय स्वशासनयुक्त विकेन्द्रिकृत शासन,

जनमुखी भएका ति सरकार,

लोकसम्पत्तिको आधारता देश चलायो,

उसले सबैका लागि लोकतन्त्र लेरायो ।

 

       - कोपिला ढुंगाना