"देश , हामी अनि तिमी "

सौर्न्दर्य यो नै बचाए पुग्छ भविस्य हास्नेछ मिलेमा हामी धर्तिको स्वर्ग खुशीले बाच्नेछ।।

देशको माया शब्दमा मात्रै गरेर हुदैन

जिउन सिक रास्ट्रका निम्ति मरेर हुदैन।

माटोले मागे तयार हुनु ज्यान त्यो दिनलाइ

डटिनु पर्छ खटिनु पर्छ उचाइ छुनलाइ।।

 

प्यारो छ सार्हो हाम्रो यो देश मनमा सजेको

स्वर्गको टुक्रा धर्तीमा खस्दा नेपाल बनेको।

सौर्न्दर्य यो नै बचाए पुग्छ भविस्य हास्नेछ

मिलेमा हामी धर्तिको स्वर्ग खुशीले बाच्नेछ।।

 

हामीले गरे हुनेछ पक्कै काम यो नमुना

नेपाल नाम फैलिने छ नि संसार दुनिया

भुमीको भारा तिरेरै छोड्ने उदेश्य बनाउ

रास्ट्रका निम्ति खाचो छ तिम्रो पसिना बगाउ।।