कृषि इन्जिनियरको पिढा (प्रभास गौतम )

बिगत २० वर्ष देखि IOE अन्तर्गतको आङ्गिक क्यामपस पुर्वान्चल क्याम्पसमा मात्रै अध्यापन भइरहेको छ एक विषय र त्यो हो कृषि इन्जिनियरिङ। यस विषयलाई पुर्वान्चल क्याम्पसको कृषि विभागले चलाउदै आइरहेको छ। धेरैलाई यस विषय सम्बन्धी थाहा नहुन पनि सक्छ तर विगतका २० वर्ष देखि यस क्यामपसबाट दक्ष कृषि इन्जिनियर निस्कदै आइरहेका छ्न तर बिडम्बना जागिरको खोजिमा भौतारिन्छ्न र अन्त्यमा आफ्नो विषय भन्दा बाहिर सानोतिनो जागिरमा अल्झन बाध्य हुन्छ्न। सरकारले २० वर्ष अगाडीको समयमा पनि यो विषय महत्वपुर्ण छ भनेर सोच्न त सोच्यो तर यहाँबाट उत्पादन हुने कृषि इन्जिनियरलाई कहाँ र कसरी खपत गर्न सकिन्छ भनेर सोच्न सकेन । लोकसेवाले कृषि अधिकृत भनेर दरबन्दी त खोल्छ तर विज्ञापनमा bsc.ag लाई मात्रै प्राथमिकता दिइएको हुन्छ। भर्खर मात्र प्रदेश नं ५ को कृषि तथा भुमि व्यवस्था मन्त्रालयले कृषि अधिकृत का लागिआह्वान गरेको बिज्ञापन मा कृषि इन्जिनियरले पनि फारम भर्न पाउने भनी लेखिएको थियो तर भोलिपल्टै त्यहाँका अधिकारीले यो पदका लागि कृषि इन्जिनियर योग्य नभएको र भुलबस कृषि इन्जिनियर छापिएको भनी जानकारी गराए । देशको कृषि प्रणालीमा फेरबदल ल्याउनै पर्छ भन्ने उहाँहरुको दाबी छ र कृषि इन्जिनियरलाई सरकारले उचित ब्यवस्थापन गर्नै पर्छ भन्ने उहाँहरुको प्रदेश तथा केन्द्रिय सरकार प्रती माग छ । कृषि उत्पादन बढाउन र कृषिमा आधुनिकरण ल्याउनु छ भने सरकारले कृषि इन्जिनियर को भुमिकालाई नजरअन्दाज गर्नु हुदैन।सरकारले बेलैमा उचित योजना बनाई कृषि क्रान्तिका लागी कृषि इन्जिनियरबाट ठुलो सहयोग लिनु पर्दछ । सरकारले सकेसम्म एक पालिका एक कृषि इन्जिनियर को अवधारणा ल्याउनु पर्दछ । यदि सकिन्न भने कृषि ज्ञान केन्द्र ,प्रदेश कृषि मन्त्रालय ,केन्द्रिय कृषि मन्त्रालय ,सिचाइ बिभाग ,नार्क तथा अन्य NGO/INGO मा कृषि इन्जिनियरको भुमिका स्थापित गराउनु पर्दछ भन्ने उहाँहरुको माग छ। यदि ती निकायमा काम गर्न कृषि इन्जिनियरको योग्यता नपुगेको भए पाठ्यक्रम नै परिमार्जन गरि योग्य बनाउनु पर्दछ । यसरी लाखौं युवाहरूलाई शैक्षिक बेरोजगार बनाउन पाइदैन । यसरी नामको अगाडि Er. जोडेर मात्रै बिना जागिर बिना काम बसाउने हो भने यस बिषयलाइ हटाएर अन्य विषय पढाउदा राम्रो होला भन्दै आक्रोश देखिन्छ्न अहिले पुर्वान्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु ।

- प्रभास गौतम

Nepal Reports
Nepal Reports
https://english.enepalreports.com/
The English Edition of Nepal Reports News Portal nepalreports.com.au.